काठमाण्डौं, बैशाख ३
नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान प्रेस विज्ञप्ती जारी गर्दे थप १० जनामा कोरोनाको पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार रौतहट राजपुर नगरपालीका फरदहवा ९ निवासी ७ जना पुरुषहरु र रौटहट इशनाथ नगरपालीका ३ र ५ वडाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । अहिले सम्म कोरोना संक्रमति ३६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि ठिक भएर घर गएका ३ जनामा भने पुन कोरोनाको पोजेटिभ भेटिएपछि अस्पतालमा उपचार भैरहेको छ । नेपालमा पहिलोपटक शनिबार एक सुत्केरी महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।