काठमाण्डौं, बैशाख ३
कोरोना भाइरसले ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ बर्षिया साबित्रि चालिसेको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ वडालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
सिल गरिएको गाउँ र वडाबाट कोही व्यक्ति बाहिर आउ जाउमा निषेध गरिएको छ ।
माइती गाउँबाट समेत उनका आफन्तहरु उनलाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको बताइएको छ । उनको स्वास्थ्य परिक्षण गरिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।