कोरोना संक्रमण बाट नेपालमा एक महिलाको ज्यान गयो

काठमाण्डौं, बैशाख ३
कोरोना संक्रमण बाट नेपालमा पहिलो पटक एक महिलाको ज्यान गएको छ । सिन्धुपाल्चोक घर भएकी २९ बर्षिय महिलाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बेलुकी मात्रै पुष्टि गरेको छ । एक्कासी उच्च ज्वोरो र स्वास्थ्यमा समस्या आएपछि उपचारका लागी अस्पताल लाने क्रममा उनको बाटोमै ज्यान गएको हो । उनको मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल लगिएको थियो । २९ वर्षकी उनी बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन । २४ गते बच्चालाई जन्म दिएकी उनी शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ । यसै बिच नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

मन्त्रालयका सहप्रबक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार बेलुकी पुष्टि भएका थप २ जना धनुसा निवासी २० र ६५ बर्षका पुरुष रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र ३६ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्किको समेत मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *