आर्मीका दुई जनामा कोरोना संक्रमण

काठमाण्डौं, जेठ ३
नेपाल आर्मीका दुई जनामा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको छ । काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिकमा संक्रमणको पुष्टि भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । उनीहरु मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाई छ । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको समेत नेपाली सेनाले जनाएको छ । यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
कपिलवस्तुमा नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असईमा समेत कोरोना भाइरसको संक्रमित भएको थियो । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *