काठमाण्डौं, जेठ २
नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । शुक्रबार एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको हो । बिहान ९ जना र बेलुकी ९ जना गरी एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २६७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डाक्टर शमिर कुमार अधिकारीका अनुसार शुक्रबार मकवानपुर, बाँके , काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएका हुन् । मकवानपुरमा १ जना, बाँकेमा ८ जना , काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार पहिलो पटक दाङमा पनि कोरोनाको पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म ३६ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् । उपचारपछि निको भएर घर गएका ३ जनामा भने पुन कोरोनाको पोजेटिभ भेटिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।