जेठ ५ गते राती १२ बजे सम्म पाल्पा सिल हुँदै

पाल्पा,जेठ २
कोरोना भाइरसको जोखिम बाट जोगिन जेठ ५ गते १२ बजे राती सम्म पाल्पा जिल्लालाई शिल गर्ने निर्णय भएको छ । शुक्रबार बसेको सर्वदलिय र सर्वपक्षिय बैठकले शनिबार बिहान ५ बजे देखि ५ गते मध्यराती १२ बजे सम्मका लागी जिल्ला शिल गर्ने निर्णय गरेको हो । जिल्ला शिल भएको अवधीमा बाहिरी जिल्लाबाट कुनै पनि सवारी जिल्ला भित्रिन नदिने निर्णय गरेको छ । बैठकले नगरपालीकाहरुले कम्तीमा ५ सय बेड र गाउँपालीकाहरुले कम्तीमा २५० बेडको क्वारिनटीन स्थापना गर्ने निर्णय भएको छ । जिल्लामा प्राप्त पि.सि.आर किट मार्फत अग्रभागमा खटिएका सुरक्षाकर्मीहरु र स्वास्थ्यकर्मीहरुको कोरोना भाइरसको परिक्षण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ ।

छिमेकी रुपन्देही, कपिलबस्तु, नवलपरासी लगाएतका जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमणबाट जोगिन पाल्पामा पनि जारी लकडाउन लाई कडाई गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *