काठमाण्डौं, जेठ २
नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशाला र नेपालगंजमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । मकवानपुर निवासी ३७ वर्षिय पुरुष,बाँके नैनापुर १,३ र ५ का १८,२०,२२,२५,२५,२७,३२ र ३६ बर्षिय पुरुषमा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ३० भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।