नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

पाल्पा, जेठ १
नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा गरिएको परिक्षणमा ५ जनामा नयाँ पुष्टि भएपछि संक्रमितको संख्या २५० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता समिरकुमार अधिकारीका अनुसार सर्लाहीमा १, महोत्तरीमा २ र धनुषामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *