कपिलबस्तुमा ४ सुरक्षाकर्मीमा कोरोना भाइरसको पुष्टि

कपिलबस्तु, बैशाख ३१,
कपिलबस्तुमा चार जना सुरक्षाकर्मीमा समेत कोरोना भाइरसको पुष्टि भएको छ । बुधबार बेलुकी संक्रमित पुष्टि भएका ८ जना मध्ये सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीका नायव निरीक्षक (सई) , इप्रका कृष्णनगरमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई) , राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक निरीक्षक (असई) र नेपाल प्रहरीका हवल्दारमा कोरोना संक्रमण भेटिएको हो । संक्रमित हवल्दार प्रहरी निरीक्षकका सवारी चालक हुन् । प्रहरी निरीक्षकसहित अन्य सुरक्षाकर्मीको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । कपिलबस्तुमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये एक जना कपिलबस्तु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (नर्स ) समेत रहेकी छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *