फरक जिल्ला आउँ जाउँमा रोक, यस अघि बितरण गरिएका पास रद्ध

काठमाण्डौं, बैशाख ३०
सरकारले फरक जिल्ला आउजाउँमा रोक लगाएको छ । यस अघि बितरण भएका पास समेत रद्ध गरेको गृहमन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले मंगलबार देखिनै लागु हुने गरी यो निर्णय भएको हो । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेपनि अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिनुभयो । पत्रकारले भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *