काठमाण्डौं, बैशाख ३०
नेपालमा पहिलो पटक स्वास्थ्य कर्मीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार मंगलवार कपिलबस्तुमा संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाको क्वारीनटाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोनाको पुष्टि भएको हो ।