नेपालमा कोरोना संक्रमित १९१ पुगे,मंगलबार मात्रै ५७ जनामा संक्रमण

काठमाण्डौं, बैशाख ३०,
नेपालमा मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका९,पर्साका ३९, कपिलवस्तुका ८, र बाराका १ जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशालामा उनीहरुको परिक्षण गरिएको हो ।

संक्रमित सबै पुरुष हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *