काठमाण्डौं, बैशाख २९,
सोमबार थपिएका २४ संगै नेपालमा को*रोना संक्रमितको संख्या १३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा १३ जनामा संक्रमणको पुष्टी भएको हो । सोमबार बेलुकी कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा
को*रोना पुष्टि भएको हो । यो संगै सोमबार एकैदिन २४ जनामा को*रोना संक्रमण भएको छ ।
२४ जनाकै परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरीएको हो । अहिले सम्म संक्रमित मध्ये ३३ जना भने निको भएर घर फर्किएका छन् ।