माध्यमिक शिक्षा परिक्षा हुन्छ ः मन्त्रालय

काठमाण्डौ, वैशाख २९,
लकडाउन खुलेपछि माध्यमिक शिक्षाको (एसईई) परीक्षा हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारेको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्रै एसईईले कानुनी मान्यता प्राप्त गर्ने भएकाले परिक्षा हुने मन्त्रालयले जनाएको हो । को*रोना भाइरसको संक्रमणबाट जोगिन चैत ६ गतेबाट हुने घोषणा गरिएको एसईई परीक्षा ५ गते नै स्थगित गरिएको थियो । त्यसपछि एसईई हुने कि नहुने भन्ने अन्ल्यौलता भैरहेको बेला मन्त्रालयले बिज्ञप्ती निकालेर स्पष्ट पारेको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले विद्यमान शिक्षा ऐन कानुनअनुसार लिखित परीक्षाबाट मात्र एसईईले मान्यता पाउने जानकारी दिदै आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि नै ऐन संशोधन हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले लकडाउन खुलेको दुई हप्तापछि एसईई र अरु परीक्षा लिइने जानकारी दिनुभयो । यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र रहेका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *