पाल्पा, बैशाख २८,
को”रोना भाइरसका कारण पाल्पाका हर्क दिशामगरको भारतमा ज्यान गएको छ । निस्दी गाउँपालिका वडा नम्बर ७,ज्यामिरे दारसिङ्बासका ४५ वर्षिय हर्क सिंह दिशामगरको उपचारको क्रममा भारतमा ज्यान गएको वडा सदस्य लाल बहादुर सारुले जानकारी दिनुभयो । भारतको डिल्लीमा लामोसमय देखि काम गर्दे आएका हर्क केही बर्ष अघि देखि नेपाली चिया घर संचालन गर्दे आएका थिए ।बिरामी भएपछि डिल्लीमै रहेका उनका गाउँलेले स्थानीय अस्पताल पुर्याएका थिए।केही दिन अघि को”रोनाका कारण भारतमा ज्यान गुमाउने मध्ये एक जना नेपाली रहेको भारतीय संचारमाध्यमले जनाएका थिए ।
डिल्लीमा रहेका छिमेकीले हर्कलाई अस्पताल पुर्याएपछि उनको बारेमा केही थाहा नभएको र केही दिन पछिनै उनको को*रोनाले मृ*त्यू भएको स्थानीय पत्रिका मार्फत जानकारी पाएको भन्दै गाउँमा फोन गरेपछि घटना सार्वजनिक भएको हो । को*रोनाले म*रेको भन्ने जानकारी पाएको छु, वडा सदस्य सारुले भन्नुभयो “यस बारेमा दारसिङ्बासमै गएर थप कुरा बुभm्दैछु ” ।