पाल्पा, बैशाख २७,
पाल्पाको रिब्दीकोट गाउँपालिका ३ र ४ नम्बर वडाका यूवाहरुले स्थानीय प्रहरी चौकी र गाँउलेहरुलाई विभिन्न सहयोग गरेका छन् । रिब्दीकोट ३ का सबिन क्षेत्री र अनुपम ज्ञवाली, वडा नम्बर ४ का मौसम वोहोरा, मनिस गोदार, मनोज थापा, आशिस थापा र अनिता थापाले पैसा उठाएर खाद्धान्न, माक्स, पन्जा, सेनिटाइजर बितरण गरेका हुन् । रिब्दीकोट गाउँपालीका संगको समन्वयमा उनीहरुले हार्थोक प्रहरी चौकीलाई सेनिटाइजर, पञ्जा, र पेट्रोल प्रदान गरेका छन् । गाउँपालिकाका अध्यक्ष नारायण जिसि र प्रदेश सभा सदस्य नारायण आचार्यको उपश्थितिमा देउराली, हार्थोक क्षेत्रका स्थानीयलाई ४ सय बढी मास्क समेत बितरण गरेको सबिन क्षेत्रीले जानकारी दिनुभयो ।
भैरवस्थान ४ ढेकुलडाँडाकी २ जना एकल महिलाहरु तुल्सी रेग्मी र अमरकुमारी गोदारलाई चामल, नुन,तेल, तरकारी र लाइटर समेत बितरण गरेको उनीहरुले बताएका छन् । दुःखको बेला एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने मान्यताले आफूहरुले पैसा उठाएर सहयोग गरेको उनीहरुको भनाई छ । विश्वब्यापी रुपमा फैलिएको को*रोना भा*इरसबाट जोगिन अपनाउनु पर्ने सजकताका बारेमा समेत स्थानीयलाई जानकारी गराएको उनीहरुको भनाई छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।