नेपाली जमिनमा बाटो बनाएकोमा सरकारको आपत्ति

काठमाण्डौं, वैशाख २७
नेपाली जमिनमा भारतले बाटो बनाएकोमा सरकारले आपत्ति जनाएको छ । नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले विज्ञप्ती मार्फत आपत्ति जनाएको हो । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने रोडको भारतले उद्घाटन गरेको थियो । यसको नेपालमा चर्को विरोध भइरहेको छ । काठमाण्डौं लगाएतका विभिन्न स्थानमा विद्यार्थीहरुले आन्दोलन समेत गरेका छन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले जनाएको छ । परराष्ट्रको विज्ञप्तिमा लिपुलेकबारे चीन र भारतले गरेको एकलौटी सहमतिको पनि चासो राखिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *