नेपालमा को*रोना सं*क्रमित १ सय २ पुगे

काठमाण्डौं, बैशाख २६,
नेपालमा को*रोना संक्र*मितको संख्या १ सय २ पुगेको छ । नेपालगञ्जको भेरी अस्पतालमा भएको परी*क्षणमा १६ वर्षिय किशोरमा को*रोना संक्र*मण पुष्टि भएपछि संक्र*मितको संख्या १ सय २ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्र*मित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला छन् । रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना को*रोना संक्र*मितको उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्र*मित रहेका मन्त्रालयले जनाएको छ । संक्र*मित मध्ये २७ जना सन्चो भएर घर फर्किएका छन् भने ३ जनामा फेरी को*रोना पो*जेटिभ देखिएपछि अस्पताल उपचार गराइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *