चट्याङ पर्दा २ जनाको ज्यान गयो

रोल्पा, बैशाख २५,
चत्याङले रोल्पामा दुई जनाको ज्यान लिएको छ । लुंग्री गाउँपालिका वडा नम्बर २ का ४० बर्षिय चित्र बहादुर पुन र ६३ वर्षीय भिमबहादुर विकको ज्यान गएको हो । घर नजिकैको रुखमा परेको चट्याङ लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ ।

विक र पुन दुवै छिमेकी हुन् । चट्याङ लाग्दा विकको केही बस्तुभाउ समेत म*रेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *