पाल्पामा क्वारेन्टीनमा बस्नेले गरे बृक्षा रोपण र बाटो निर्माण

पाल्पा, बैशाख २५,
पाल्पामा क्वारेन्टीनमा बसेकाहरुले बृक्षा रोपण र बाटो निर्माण गरेका छन् । रम्भा गाउँपालिका १ हुँगीमा रहेको भृकुटी प्रा.बि.को क्वारेन्टीनमा राखिएका १२ जनाको समूहले बृक्षा रोपण र बाटो निर्माण गरेका छन् । १४ दिन क्वारेन्टीनमा रहँदा उनीहरुले बिद्यालय वरिपरि बृज्ञारोपण र बाटो निर्माण गरेको शिक्षक एवत सारुले जानकारी दिनुभयो । रम्भा–१ हुँगीका ८ जना र रम्भा २ फोक्सिङ्गकोटका ४ गरि १२ जनाको समूहले भौतिक दुरी कायम गरी उनीहरुले काम गरेका हुन् । बाहिरी जिल्ला बाट घर फर्किने क्रममा उनीहरुलाई १४ दिन सम्म सोही क्वारिनटीनमा राखिएको थियो । क्वारेन्टीन बसाइलाई उपलब्धी र प्रभावकारी बनाउन स्थानीय सरकार र छिमेकीहरुको सकारात्मक सहयोग रहेकोमा खुशि ब्यतm गर्दे क्वारेन्टिनमा बसेका ज्ञानबहादुर जर्घा मगरले रम्भा गाउँपालिका विपद व्यवस्थापन कोषमा ४ हजार नगद समेत प्रदान गर्नुभयो ।

१४ दिनको क्वारेन्टीन बसाईपछि परिक्षण गरिएको आरडिटि टेस्टमा १२ जनाकै परीक्षण नतिजा नेगेटिभ आएकोले थप ७ दिन होम क्वारेन्टिनमा बस्ने गरि उनीहरुलाई बुधबार विदा गरिएको गाउँपालिकाका स्वास्थ शाखा संयोजक शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आफु बच्न र अरुलाई बचाउन अनुशासित ढङ्गबाट क्वारान्टिनमा बसेका सबैलाई धन्यवाद दिदै होम क्वारेन्टिनमा अनिवार्य बस्न आग्रह गर्नुभयो ।पालिकाले रम्भा मावि ताहुँमा ५०,जनकल्याण मावि हुँगीमा१० र भृकुटी प्राविमा ३० गरी ९० शैयाको क्वारेन्टिन निर्माण गरेको छ । यस अघि जनकल्याण माविको क्वारेन्टिनमा रहेका ३ जनाको आरडिटी परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई पनि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *