पाल्पा, बैशाख २४,
लकडाउन अवधीमा पनि पुस्तक पसलहरु खुला हुने भएका छन् । बुधबार सम्पन्न मन्त्रिपरिषद बैठकले सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
जनक शिक्षा सामग्री केन्द्रद्धारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गर्दे जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको जनाइएको छ ।