जंगली च्याउ खाँदा परिवारका ७ जना बिरामी

पाल्पा, बैशाख २४,
जंगलबाट ल्याएको च्याउ खाँदा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् । तिनाउँ गाउँपालिका वडा नम्बर ३ दोभानका अमरदीप बीसी, माया बीसी, कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार बिरामी भएको वडा अध्यक्ष प्रेम पाण्डेयले जानकारी दिनुभयो ।

घर नजिकैको जंगलबाट घर ल्याएको च्याउ खाएसंगै उनीहरुलाई झाडावान्ता हुने रिंगटा लाग्ने जस्ता लक्ष्यण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको हो । अस्पतालमा भर्ना गरेर उनीहरुको उपचार भैरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *