जेठ ५ सम्म ल*कडाउन, अन्तर्राष्ट्रिय उठान जेठ १८ सम्म ब*न्द

काठमाण्डौं, बैशाख २४,
ल*कडाउन जेठ ५ सम्म लम्बिएको छ । यस अघि घोषणा भएको ल*कडाउन २५ बैशाखमा सकिने भएपछि बुधबार बसेको मन्त्रिपरिषद बैठकले ल*कडाउनलाई जेठ ५ सम्म पुर्याएको हो । विश्वभर आ*तंक फैलाएको को*रोना भाइ*रसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि नेपालमा लक*डाउन गरेको थियो । लक*डाउन भएको ढेड महिना भएपछि धेरै क्षेत्रमा यसले असर गरेको भन्दै रातो, पहेलो र हरियो क्षेत्रका आधारमा जिल्ला छुट्याएर लक*डाउन खुकुलो बनाउने चर्चा चलेपनि सरकारले लक*डाउनलाई नै निरन्तरता दिएको हो ।

मन्त्रिपरिषद बैठकमा भारतमा संक्र*मणको अवस्था जोखिम पुर्ण भएकाले त्यसले नेपालमा पार्न सक्ने असर र नेपालमा भैरहेको कोरोना परिक्षणको दायर बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ । बैठकले अन्र्तराष्ट्रिय उडान र सीमा नाका जेठ १८ सम्म ब*न्द गर्ने निर्णय गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *