कर्णाली प्रदेशका सवै नाका बन्द, नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा

बैशाख २२,
को*रोना भाइ*रसको जोखिम रोक्न कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द ( सिल) गरेको छ । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको बैठकले सोमबार राती १२ बजे देखि नै लागु हुने गरी सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजबुत बनाएको हो । कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा को*रोना संक्र*मितको संख्या बढेपछि जोखिम रोक्न प्रदेशको नाका सिल गरेको जनाइएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिंदै भारत र तेस्रो देशबाट आएका सबैको को*रोना जाँचको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यसैविच को*रोना संक्रमितको संख्या थपिदैगएपछि बाँकेको नेपालगन्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *