एकै दिन १६ जनामा को*रोना सं*क्रमण, सं*क्रमितको संख्या ७५ पुग्यो

काठमाण्डौं, बैशाख २१,
आईतबार एकै दिन १६ जनामा को*रोना संक्र*मण भेटिएपछि नेपालमा संक्र*मितको संख्या ७५ पुगेको छ । आईतबार नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा को*रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिउँसो नेपालगञ्जमा ९ र पर्सामा एक जनामा को*रोना पुष्टि भएकोमा बेलुकी फेरी नेपालगञ्जका थप ६ जनामा पनि को*रोना संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा को*रोना पुष्टि भएको जानकारी दिनुभयो । दिउँसो को*रोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयले जनाएको छ ।

अहिले विराटनगरमा ३१ जना, वीरगञ्जका आइतबार भेटिएका एक जना नयाँ बिरामीसहित ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक एक जना गरी ४४ जनाको उपचार भइरहेको छ । १६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । सरकारले अहिले सम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट को*रोना परीक्षण भएको जनाएको छ । देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेको पनि जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *