एकै दिन १० जना को*रोना संक्र*मित

काठमाण्डौं, बैशाख २१,
७ बर्षको ब*च्चा सहित नेपालमा एकै दिन १० जना को*रोना संक्र*मित भेटिएका छन् । आइतबार भएको परीक्षणमा पर्सामा ३६ बर्षिय एक पुरुष र नेपालगञ्जमा ९ जनामा संक्र*मण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । आइतबार थपिएका सहित नेपालमा को*रोनाबाट सङ्क्र*मित हुनेहरु ६९ पुगेका छन् । संक्र*मित मध्ये १६ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालगञ्जमा आईतबार को*रोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको उमेर सातदेखि ५८ वर्ष रहेको छ ।

सानो उमेरमा को*रोना पुष्टि भएको नेपालमा यो पहिलो घटना हो । मन्त्रालयका अनुसार १० जनाको नेपालगञ्जको को*रोना अस्पतालमा,विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक एक जनाको उपचार भइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *