बनको च्याउ खाँदा एक जनाको ज्या*न ग*यो, तीन जना बिरा*मी

अर्घाखाँची, बैशाख २१
बनमा उम्रिएको च्याउ खाँदा अर्घाखाँचीमा एक जनाको ज्या*न ग*एको छ । संगै च्याउ खाएका ३ जना बि*रामी भएका छन् । भूमिकास्थान नगरपालिका ६ को स्थानीय खिल्जीमा उम्रिएको च्याउ खाँदा ३० वर्षीया रामकला महत्राको ज्या*न ग*एको हो । उपचारको क्रममा रामकलाको बुटवलको लुम्बिनी सीटी अस्पतालमा ज्या*न गए*को प्रहरीले जनाएको छ ।

मृत*ककी छोरी बिपा, सासु् लालसरी र देउरानी लक्ष्मी बिरामी हुनुभएको छ । तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।