रोल्पा, बैशाख १८
बेवारिसे बम बिस्फोट हुँदा रोल्पामा चार बालबालिकाको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका ४ गैरी गाउँको मैतीगातिनामा बेवारिसे बम पड्किँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटमा परि एकै परिवारका दुईसहित चार बालबालिकाको ज्यान गएको हो । बिस्फोटमा परि ५ वर्षीय विजय खत्री,उनकी दिदी ११ वर्षीया विमला खत्री,१३ वर्षीय नोकिराम डाँगी र ११ वर्षीय गौरव नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बाख्रा चराएर घर फर्किरहेका बालबालिका सो घटनामा परेको गाउँपालीकाका अध्यक्ष शान्तकुमार ओलीले जानकारी दिनुभयो । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । युद्धकामलमा छोडिएको बम बिस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।