पाल्पा, बैशाख १६,
नेपालमा को*रोना सङ्क्रमितको संख्या ५४ पुगेको छ । रौतहटमा थप दुई जनामा को*रोना सङ्क्रमण पुष्टि भए संगै संक्रमतिको संख्या ५४ पुगेका हुन् । जनकपुरमा को*रोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाण्डौमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । रौतहटको वृन्दावन नगरपालिका ९ को भुसहा र देवाही गोनाही नगरपालिका १ मा गरी दुई जनामा को*रोनाको सङ्क्रमणको पुष्टि भएको हो । दुवै जनालाई प्रदेशको निर्देशनअनुसार वीरगंज को*रोना अस्थायी अस्पतालको रुपमा बनाइएको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखी थप उपचार शुरु गरिएको छ । को*रोना संक्रमित मध्ये १६ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।