पाल्पामा मेडिकल बाटै लागु औषध बिक्रि भएको खुलासा

पाल्पा, बैशाख १५,
पाल्पामा एक निजि मेडिकल वाटै लागु औषध बिक्रि भएको पाइएको छ । लागु औषध बिक्रि बितरणमा संलग्न भएको आरोपमा प्रहरीले आमा र दुई छोरालाई पक्राउ गरेको छ । तानसेन नगरपालीका वडा नम्बर ६ बर्तुङमा रहेको सरस्वती मेडिकल हलबाट ठुलो मात्रामा गाँजा र ट्रामाडोल नामक लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । चिन्तामणि पाण्डेको नाममा दर्ता भई सरस्वती खनाल कार्कीले संचालन गर्दे आएको मेडिकल हल बाट करिब तीन सय ग्राम गाँजा र कार्कीको घर बाट ३ हजार २ सय ९५ ग्राम ट्रामाडोल क्याप्सुल बरामद भएको प्रहरीको भनाई छ । प्रहरीले सरस्वती संगै उहाँका छोरा विवेक र प्रकाश कार्कीलाई पक्राउ गरेको हो । तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा कार्यरत सरस्वती सिएमए र छोरो विवेक फार्मेसी अध्ययनरत विद्यार्थी हुन् ।

प्रकाश गाडी चालक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई लागुऔषध वेचविखन विरूद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । जारी लकडाउनको अवधीमै तानसेन–बर्तुङ सडकमा पर्ने होलाङदीमा ३ किशोर र ३ किशोरी नसामा लठ्ठिएको भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी ट्रामाडोल क्याप्सुल फेला पारेको थियो । सोही आधारमा गरिएको अनुसन्धानमा सरस्वती मेडिकलमा छापा मारिएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *