वैशाख २५ सम्म थपियो लकडाउन

काठमाण्डौं, बैशाख १४,
को*रोना भाइरस रोकथामका लागी सरकारले जारी गरेको लकडाउन २५ गते सम्म लम्बिएको छ ।  आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले जोखिम रहीरहेको भन्दै बन्दा बन्दी अर्थात लकडाउनको समय थपेको हो । चैतको ११ गतेदेखि लकडाउन गरेको सरकारले तेस्रोपटक थपेर वैशाख २५ सम्म पुर्याएको हो ।

यसै विच  नेपालमा थप एक जना को*रोना सङ्क्रमण भएको पुष्टि भएको छ । झापाका ५० वर्षिय पुरूषमा कोरोना पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमित मध्ये १६ जना  भने उपचारपछि ठिक भएर घर फर्किएका छन् । अन्यको समेत स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *