पाल्पा, बैशाख १४,
पाल्पाका पालिकाहरुले खरिद गरेका पिपिइ लगाएतका स्वास्थ्य सामाग्रीका मूल्य फरक फरक भेटिएका छन् । एउटै सामाग्री समेत कतै १२ हजार त कतै साढे ६ हजार दरको भेटिएको प्रदेश ५ का प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यले जानकारी दिनुभयो । पालीकाहरुले आफ्नै तरिकाले खरिद गरेर स्वास्थ्य संस्थामा बितरण गरिएका स्वास्थ्य सामाग्रीका मूल्यमा फरक भेटिएको उहाँको भनाई छ । अनुगमनका क्रममा फरक फरक मूल्यमा पिपिई ल्याइएको भेटिएपनि त्यसबिषयमा आफूले अध्ययन र सोधपुछ गर्न नभ्याएको प्रदेश सभा सदस्य बज्राचार्यले जानकारी दिनुभयो ।