जारी लकडाउन एक हप्ता थप्ने तयारी

काठमाण्डौं, बैशाख १४,
जारी लकडाउन एक हप्ता थपिने तयारी भएको छ । कार्यदलले को*रोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि थप एकहप्ता लकडाउन थप्ने सिफारिस गरेपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने जनाइएको छ । को*रोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको कार्यदलको सुझावका आधारमा समितिले एकहप्ता थप्नु पर्ने सुझाव प्रधानमन्त्रीलाई बुझाएको छ । समितिले लकडाउनकै कारण देशमा को*रोना भाइरस नियन्त्रणको प्रयास प्रभावकारी भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको समिति बैठकमा केही क्षेत्रमा लकडाउन खुकुलो बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले एकहप्ता लकडाउन थप्ने र त्यसपछि अर्को तरिका अपनाउन सकिने बिषयमा समेत छलफल भएकोछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *