आज १४ औँ लोकतन्त्र दिवस

काठमाण्डौं, वैशाख ११,
आज १४ औ लोकतन्त्र दिवस । १९ दिने जनआन्दोलनको जोडमा लोकतन्त्र स्थापना भएको दिन । २०६३ सालमा वैशाख ११ गते संसद् पुनस्र्थापनासहित नागरिकले अधिकार पाएका दिन पनि हो आज । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान निर्माण भएको हो । दोस्रो संबिधान समेत समाबेसी हुन नसकेको भन्दै बिभिन्न पक्षहरुबाट संबिधान संसोधनको आवाज उठिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *