काठमाण्डौं, बैशाख ११,
नेपालमा को*रोनाको सङ्क्रमीतको संख्या ४५ पुगेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये ७ जना निको भएर घर फर्किएका छन् । बुधबार थप ३ जनालाई सङ्क्रमण भएको पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४५ पुगेको हो । को*रोना सङ्क्रमित ४५ जना मध्ये ललितपुरको पाटन अस्पताल र धनगढीमा दुई जना, बाग्लुङमा एक जना, वीरगञ्जमा ४ जना र विराटनगरको कोशी अस्पतालमा २४ जनाको उपचार भइरहेको छ ।
बुधबार थपिएका ३ जनाको पनि कोशी अस्पतालमा उपचार भैरहेको छ । पछिल्लो जानकारी अनुसार को*रोनाको आशंकामा ९ हजार ११ जनाको पीसीर विधिमार्फत परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।