पाल्पा, बैशाख १० ,
किसानका दुखमा पाल्पाको बगनासकाली गाउँपालिकाले साथ दिन शुरु गरेको छ । मंगलबार देखि किसानको खेत बारीमै पुगेर तरकारी गरिद गरी पालीका भित्रका घरदैलोमै पुर्याएर बिक्रि बितरण शुरु गरेको पालीकाले कुखुरा ब्यवशायीलाई पनि सहयोग गरेको हो । पालीकाकै गाडी प्रयोग गरी सस्तो र ताजा तरकारी उपभोक्ताहरुको घरमा पुर्याउन शुरु गरिएको पालीकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो । मंगलवार वडा नम्बर २ पोखराथोकका किसान संग खरिद गरिएका तरकारी वडा नम्बर ९ चापपानीमा विक्री गरिएको छ । बन्दा प्रति किलो १० रुपैया र काक्रो प्रतिकिलो ४० रुपैयाका दरले खरिद विक्री गरिएको जनाइएको छ ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले किसानलाई राहत दिन गाउपालिकाले यो अभियान चलाएको बताउनुभयो । व्रोइलर कुखुरा पालन गर्ने किसानले कुखुरा बेच्न नपाउदा अप्ठेरोमा परेको भन्दै उनीहरुलाई दाना र मासु बिक्रिका लागी पनि पालीकाले सहयोग गरेको पालीकाकी उपाध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । मंगलवार मात्रै २ हजार बढी कुखुराहरु गाउपालिकाको सहजिकरणमा विक्री भएको उपाध्यक्ष चिदिको भनाई छ ।