घरमा आगो लाग्दा १ को मृ¥त्यू ३ घाइते

गुल्मी, बैशाख ८,
गुल्मीमा घरमा आगलागी हुँदा एक जनाको मृ¥त्यू भएको छ भने ३ जना घाइते भएका छन् । शान्तिपुरमा आगलागी हुँदा १६ वर्षीय समीर खनालको ज्या*न गएको हो । चन्द्रकोट ४ शान्तिपुरमा व्यापार गर्दै आउनुभएका बाग्लुङ वरेङ्ग गाउँपालिका ३ का वडाध्यक्ष पूर्ण खनालको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट उहाँको पसल र घरमा क्षति भएको छ । आगलागीमा परेर पूर्ण खनाल र रुपा खनालसहित ३ जना घाइते भएका छन् । घाइतेको पाल्पामा उपचार भैरहेको छ ।