तानसेनमा कृषि एम्बुलेन्स

पाल्पा, बैशाख ८,
पाल्पा सदरमुकाम तानसेन बजारमा कृषि एम्बुलेन्स शुरु भएको छ । सस्तो भाउ र ताजा तरकारी घरघरमै उपलब्ध गराउन कृषि एम्बुलेन्सको सुरुवात भएको हो । तानसेन नगरपालीका द्धारा गठित तानसेन युवा परिषदले मदनपोखरामा उत्पादित तरकारी वजारसम्म ल्याएर आइतबार देखि विक्री वितरण शुरु गरेको छ । मदनपोखराका किसानहरुको तरकारी मदनपोखरा संगम बहुउद्धेश्यीय सहकारीले संकलन गरी तानसेन युवा परिषद मार्फत विक्री वितरण गरिएको हो ।
आइतबार तानसेन टुडिखेल मैदान बाट २४ टन तरकारी बिक्रि भएको जानकारी दिंदै यूवा परिषदका अध्यक्ष गुराँस आत्रेयले सोमबार देखि घर घरमै पुर्याउन शुरु भएको जानकारी दिनुभयो । किसान संग खरिद गरिएकै मूल्यमा उपभोतmालाई तरकारी प्रदान गरिएको अध्यक्ष आत्रेयले बताउनुभयो । एकै स्थान बाट तरकारी बित्रि गर्दा बढी भिडभाड हुने भएपछि सामाजिक दुरी कायम गरी सोमबार देखि घरघरमै तरकारी पुर्याउन थालिएको हो । तरकारी बिक्रिका लागी गाडीमा तेल र तरकारी प्याक गर्न नगरपालीकाको आर्थिक सहयोग छ ।

काउली प्रति केजी २०, बन्दा प्रति केजी १० र काक्रो प्रति केजी ३५ का दरको सहुलियतमा विक्री गरिएको छ । को¥रोना संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय पाल्पाले बाहिरी जिल्ला बाट पाल्पामा तरकारी आयातमा रोक लगाएपछि जिल्लामा तरकारीको अभाब भएको बेला यूवाहरुको सक्रियतामा घरघरमै तरकारी पुर्याउने कार्यले कृषक र उपभोतmालाई प्रत्यक्ष फाईदा पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *