नेपालमा को¥रोना संक्रमितको संख्या ३० पुग्यो

काठमाण्डौं, बैशाख ६
नेपालमा को¥रोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा को¥रोना संक्रमण पुष्टि भएपनि नेपालमा संक्रमितको संख्या ३० पुगेको हो । नेपालका पहिलो संक्रमित भने निको भएर घर फर्किएका छन् । उदयपुरमा थपिएका १२ मध्ये केही भारतीय समेत रहेका छन् । शुक्रबार नै थपिएका दुई जना संक्रमित चितवनका हुन् ।उनीहरु राप्ती नगरपालिका–८ का आमाछोरा रहेका जनाइएको छ । ६३ वर्षीय महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका सरकारले जनाएको छ । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरुमा कुनै लक्षण समेत नरहेको डाक्टरले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *