पाल्पा, बैशाख ४,
पाल्पामा बाहिरी जिल्लाबाट तरकारी जन्य पदार्थको आयातमा रोक लगाइएको छ । आपूर्ति व्यबस्थापन समितिको बैठकले अन्यत्र बाट आउने यस्ता उत्पादनले संक्रमण बढाउने संभावना बढी देखिएकोले रोक लगाइएको आपूर्ति ब्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिनुभयो । संयोजक ज्ञवालीका अनुसार तरकारी फलफुल एवं दुग्धजन्य पदार्थहरुको बिक्रि वितरण प्रत्येक दिन विहान नौ बजे देखि एघार बजे सम्म मात्र खोल्ने र खाद्यान्न पसलहरु आईतवार,मंगलवार र विहिवार विहान नौ बजे देखि एघार बजे सम्म मात्रै ुंचालन गर्ने
निर्णय भएको छ ।
बैठकले वस्तु तथा सेवा विक्री वितरण गर्दा व्यक्तिगत दुरी कायम गरी सुरक्षित रहने व्यबस्था कायम गर्ने समेत निर्णय गरेको छ । औषधी पसलहरु दैनीक रुपमा अनिवार्य खोल्ने समेत निर्णय भएको जनाइएको छ ।