पाल्पामा सकियो राहत बितरणको कार्य

पाल्पा,चैत्र २८,
६ हजार ३ सय घरपरिवारलाई राहत बितरण गर्दे पाल्पामा राहत बितरणको कार्य सम्पन्न भएको छ । राहत बितरणका लागी पाल्पामा एक करोड २५ लाख बढी खर्च भएको छ । दुई नगर र ८ गाउँपालिका गरी १० पालिका रहेको पाल्पामा सबै पालिकाहरुले पहिलोचरणको राहत बितरण सम्पन्न गरेको जनाएका छन् । जिल्ला सदरमुकाम तानसेन तानसेन नरगपालिकाले १ हजार ४ सय ५६ घरपरिवार र १ सय ४५ मजदुरका लागी २५ लाख बढीको राहत बाडेको छ । जिल्लामै धेरै राहतबाडेको रैनादेवी छहरा गाउँपालिकाले १ हजार ४ सय घर परिवारलाई ३० लाख बढीको राहत बाडेको जनाएको छ । १ हजार ६६ घरपरिवारलाई रातह बितरण गरेको रामपुर नगरपालीकाले झण्डै २२ लाख खर्चिएको छ । माथागढी गाउँपालिकामा ७ सय घरपरिवारलाई राहत बितरण गर्दा १५ लाख ६० हजार बराबरको खर्च भएको गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । ६ लाख बराबरको राहत बाडेको बगनासकाली गाउँपालिकामा ३ सय ८० घर परिवार र ३० बढी श्रमिकले राहत पाएका छन् ।

३ सय ८५ घरपरिवारलाई राहत बितरण गर्दा ४ लाख ५० हजार खर्च भएको तिनाउँ गाउँपालिकाले जनाएको छ । निस्दी गाउँपालिकामा २ सय ८६ परिवारलाई राहत प्रदान गर्दा ८ लाख बराबरको खर्च भएको छ भने १ सय ६० परिवारका ४ सय ८१ परिवार सदस्यलाई राहत बाड्दा ३ लाख बराबरको खर्च भएको रम्भा गाउँपालिकाले जनाएको छ । पूर्वखोला गाउँपालिकामा २ सय ५९ घरपरिवारलाई राहत वितरण हुँदा ५ लाख बराबरको खर्च भएको छ भने २ सय ८ घरपरिवालाई राहात बाड्दा ३ लाख बराबरको खर्च भएको रिब्दिकोट गाउँपालिकाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *