पाल्पा, चैत्र २८,
पालिका भित्रका बिपन्न नागरिकलाई खाद्धान्न प्रदान गर्न आलमदेबी स्याङ्जाका स्थानीयले झण्डै नब्बे हजार आर्थिक सहयोग गरेका छन् । महामारीको रुपमा फैलिएको को*रोना भाइरसको जोखिम बाट जोगिन नेपाल सरकारले जारी राखेको लकडाउनका कारण दैनिक काम गरेर खाने र आर्थिक अवस्था कमजोर रहेका घरपरिवारलाई समस्या भएपछि खाद्धान्न प्रदान गर्ने कालीगण्डकी गाउँपालिकाको अभियानमा सहभागी हुन पालिकाले संचालन गरेको स्थानीय प्रकोप विपत व्यवस्थापन कोषमा आर्थिक कालीगण्डकी ३ आलमदेबी स्याङ्जा बाट आर्थिक सहयोग प्रदान गरेको कोटाकोट आधारभुत विद्यालयका प्रध्यानाध्यापक प्रर्थ थापा मगरले जानकारी दिनुभयो ।
थापाका अनुसार आलमदेवी साना किसान कृषि सहकारी संस्था बाट पन्ध्र हजार, जनज्योती क्लव बाट दश हजार, आलमदेवि मन्दिर पुजा व्यवस्थापन समिती बाट दश हजार, आलमदेबी आमा समूह बाट तेह्र हजार, पृथ थापा बाट पन्ध्रहजार, प्रेम सिंङ्ग राना बाट पाँच हजार, योगेश राना बाट पाँच हजार, रेमन सिङ थापाबाट पाँच हजार, मोहन थापा बाट एक हजार, बम लामिछाने बाट पाँच हजार र भुँयर जनकल्याण युवा क्लव बाट पाँच हजार आर्थिक सहयोग भएको हो । जनज्योति क्लबको संयोजनमा आर्थिक संकलन भएको हो । क्लबले को*रोना भाइरसबाट जोगिन चेतना मुलक सन्देश समेत टोलटोलमा प्रवाह गरीरहेको जनाइएको छ ।