त्रिविको परिक्षा रोकियो

काठमाण्डौं, चैत्र २८,
त्रिभुवन विश्वविद्यालयको परिक्षा रोकिएको छ । वैशाख र जेठमा गर्ने भनिएका सवै परीक्षा रोकिएको त्रिविले जनाएको छ । परिक्षाको अर्को सूचना नआएसम्मका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चा वर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा, पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्रेजुएट इन वमन स्टडिजका पूरा तथा आंशिक परीक्षा स्थगित भएको त्रिविले सुचना मार्फत जानकारी गराएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *