काठमाण्डौं, चैत्र २४,
जारी लकडाउन बैशाख ३ सम्म लम्बिएको छ । बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले ८ दिन लकडाउन थपेर बैशाख ३ सम्म पुर्याएको हो । शुरुमा चैत ११ बाट १८ गते बिहान सम्म भएको लकडाउन थपेर २५ गते सम्म पुर्याइएको थियो । दोस्रो चरणमा को*रोना प्रवेश गरेको भन्दै सरकारले एक स्थानीय तह, जिल्ला र प्रदेश बाट अर्को तहमा आउ जाउ गर्न समेत रोक लगाएको छ । अहिले सम्म नेपालमा ९ जनामा को*रोना संक्रमित भएको पुष्टि भएको छ ।