पाल्पाका ४ बिरामीको स्वाब परिक्षण हुँदै

पाल्पा, चैत्र २३,
पाल्पाका ४ जना बिरामीको स्वाब परिक्षण हुँदै छ । जिल्ला अस्पताल र लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेका बिरामीको को*रोनो भाइरस हो वा होइन भन्ने थाहा पाउनका लागी स्वाब परीक्षणका लागि काठमाडौँ र बुटवल पठाइएको हो । जिल्ला अस्पतालमा गत शुक्रबार आइसोलेसनमा उपचार भैरहेका १ जना र लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेका ३ जना बिरामीको स्वास्ब परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएका युवा भारतबाट नेपाल फर्केका हुन । लुम्विनी मडिकल कलेजमा ज्वरो र रूघाखोकी देखिएपछि भर्ना भएका बावु र छोरा र एक ६८ बर्षिया वर्षिया बृद्धाको समेत स्वाब परीक्षणका लागि पठाइएको हो । स्वाब परिक्षणका लागी शुक्रबार ३ जनाको काठमाण्डौं र आईतबार १ जनाको प्रदेश स्वास्थ्य प्रयोगशाला बुटवलमा पठाइएको हो । परिक्षणको अतिजा आउन कम्तीमा ७२ घण्टा कुर्नुपर्ने जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *