पाल्पा, चैत्र २३,
पाल्पा बाट ३ जना बिरामीको स्वाब परिक्षणका लागी काठमाण्डौं पठाइएको छ । जिल्ला अस्पताल र लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेका बिरामीको को*रोनो भाइरस हो वा होइन भन्ने थाहा पाउनका लागी स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको हो । जिल्ला अस्पतालमा गत शुक्रबार आइसोलेसनमा उपचार भैरहेका १ जना र लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेका २ जना बिरामीको स्वास्ब परीक्षणका लागि काठमाडौँमा पठाइएको जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरिटेन्डेन डाक्टर पुष्प ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएका युवा भारतबाट नेपाल फर्केका हुन । लुम्विनी मडिकल कलेजमा ज्वरो र रूघाखोकी देखिएपछि भर्ना भएका बावु र छोराको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको हो ।