काठमाण्डौं, पाल्पा, चैत्र २३,
जारी लकडाउनलाई थप प्रभाबकारी बनाउन थप कडाइ भएको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा जान रोक लगाएको छ । को*रोना भाइरसको संक्रमण बाट जोगिन चैत ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले चैत १८ गतेसम्म गरेको लकडाउन थपेर चैत २५ गते राति १२ बजेसम्मका लागि पुर्याएको थियो ।
चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने निर्णय गरेको छैन । नेपालमा को*रोना संक्रमितको संख्या ९ पुगे संगै लकडाउन लाई थप कडाई गरिएको हो ।शनिबार थप तीन जनामा को*रोना सङ्क्रमणको पुष्टि भए पनि नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।