पाल्पा, चैत्र २२,
नेपालमा को*रोना संक्रमितको संख्या ९ पुगेको छ । शनिबार थप तीन जनामा को*रोना सङ्क्रमणको पुष्टि भए संगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षिय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा को*रोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य हो । कैलालीमा को*रोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित पुरूषको आफन्त हुन् । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा को*रोना सङ्क्रमण भएको पनि बताइएको छ ।