काठमाण्डौं, चैत्र २०
नेपालमा को*रोना संक्रमितको संख्या ६ पुगेको छ । पछिल्लो पटक बागलुङकी ६५ वर्षीया एक वृद्धामा को*रोना संक्रमणको पुष्टि भएको हो । बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी उनमा को*रोनाको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी चैत ४ गते नेपाल आएकी थिइन् । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीय किशोरीकी आफन्त हुन् । दुबै जना बेल्जियमबाट सँगै नेपाल आएका थिए । संक्रमण पुष्टी भएकी बृद्धालाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याइएको आफन्तले जनाएका छन् ।