को*रोना भाइरस विशेष अस्पतालमा थापाको ज्यान गयो

पाल्पा, चैत्र १६,
बुटवलको को*रोना भाइ*रस विशेष अस्पतालमा एक यूवाको ज्यान गएको छ । को*रोना भाइरस रोकथाम र उपचारका लागी स्थापना गरिएको बिशेष अस्पतालमा एक ३४ वर्षिष बाबुराम थापाको ज्यान गएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईका अनुसार बुटवल धागो कारखानाको उपचार केन्द्रमा उपचार गराइरहेका उनको मृ*त्यू भएको हो । उनको को*रोना भए नभएको पुष्टी भएको छैन । पाल्पा रिब्दीकोट घरभएका उनी अहिले सैनामैना ४ मुर्गिया, रुपन्देही बस्दै आएका थिए । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले जानकारी दिनुभयो यही चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई ) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए । ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको को*रोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *